१७ बैशाख २०८१, सोमबार

 

तीन कुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहिबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त कुलपति निशा शर्मा, भुपाल राई र नारदमणि हार्तम्छालीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्