१ जेष्ठ २०८१, मंगलवार

 

नेकपा बागलुङले चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी बागलुङले बैक तथा वित्तिय सस्थाहरु र मिटर व्याजीले जनतालाई चर्को ब्याजदर लिने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

जिल्लाको सदरमुकाम बागलुङमा एक दबाब मूलक र्‍यालि पश्चात नेताहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । विभिन्न १८ सुत्रिय माग राख्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

बैक तथा वित्तिय सस्थाहरुको चर्को व्याजदरलाई एक अङकमा कायम गर्न, लघुवित्त सस्थाहरुले ऋण लगानीमा हाल लिने गरेको सेवा शुल्क १ देखि १.५ लाई ०.५ प्रतिशत कायम गर्न र यसभन्दा पहिले सेवा शुल्क बापत लिइएको बढी रकम फागुन १५ भित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न माग गरेको छ ।

त्यस्तै लघुवित्त सस्थाहरुले आफ्नो टार्गेट पुरा गर्ने नाममा गाँउ घरका सोझा साझा महिलाहरुको समूह बनाई अनुत्पादक क्षेत्रमा ऋण दिएर सर्वसाधारण महिलालाई जवजस्त ऋणी बनाउने कार्य तत्काल बन्द गर्न, लघुवित्त सस्थाहरुले विना धितो लगानी गर्ने कर्जाको सिमा बढाएर उत्पादनमुलक क्षेत्रमा उद्धम गर्न चाहनेलाई तालिम तथा शिक्षा प्रदान गरेर लगानी गर्न, स्वदेशमै उद्धमी बनेर केही गर्न चाहने युवाहरुको लागि वाणिज्य तथा विकास बैंकहरुले सरल र सहज रुपमा बिनाधितो दिनुपर्ने कर्जा लगानी नगरेको हँुदा लगानीलाई सहज र पारदर्शी बनाउनु पर्ने लगाएतका माग राखेको छ ।

यस गतिविधिले सर्वसाधारण जनतामा मारमा परेको र धेरै जिल्लाहरुमा पीडित महिलाहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । ईन्चार्ज आकाश र जिल्ला सचिव क्रान्तिले हस्ताक्षर गरेको ज्ञापन पत्र जिल्ला सचिव क्रान्तिले प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई बुझाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्