१७ बैशाख २०८१, सोमबार

 

नेपाल भाषा मंका: खल: बागलुङद्वारा प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई स्वागत

बागलुङ । बागलुङको नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई बागलुङले स्वागत गरेको छ ।सोमबार टिका र खादा ओढाएर स्वागत गर्दै नेपाल भाषा मंका: खल: का सल्लाहकारहरु देवबहादुर श्रेष्ठ, शैलेन्द्र कुमार श्रेष्ठ, श्याम श्रेष्ठ, मुकुन्द शाक्य, लक्ष्मण वझा, खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष काजि गाउँले श्रेष्ठ, पूर्वअध्यक्ष महेशचन्द्र प्रधान, सदस्यहरु निर्माण कुमार श्रेष्ठ, जयराम भारी, नारायण देवी राजभण्डारी, गण देवी श्रेष्ठ र जय राजभण्डारीले बागलुङको विभिन्न जातिहरुको धर्म, भाषा, संस्कृति, जात्रा र परम्पराको संरक्षण र विकासको लागि प्रमुख जिल्ला अधिकारी श्रेष्ठको समन्वयकारी भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

कुनै पनि देशको पहिचान भनेको त्यस देशको नागरिकले अबलम्बन गरेको धर्म, भाषा, संस्कृति, जात्रा र परम्परा भएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनु भयो ।समाजको आर्थिक तथा सामाजिक विकासमा स्थानीय संस्कृतिले महत्वपूर्ण भूमिका खेल्ने भएकोले नेवारी भाषा र संस्कृतिको संरक्षण र प्रबद्धर्नमा जुटेको खलले सबैसँग सहकार्य गरेर अगाडि बढ्न सकोस प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

बागलुङ जिल्लाको भूगोलको अवस्था अनुसार जिल्ला प्रशासनले दिने सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने, शान्ति सु–व्यवस्था कायम राख्न प्रशासन र नागरिकबीच नङ र मासुको जस्तै सम्बन्ध कायम गर्न आफू इमान्दार भएर लाग्ने बताउनु भयो ।

सो अवसरमा बागलुङको राजनैतिक, शैक्षिक, व्यवसायीक, सामाजिक, धार्मिक र सांस्कृतिक विकासमा नेवार समुदायको उल्लेखनिय योगदान भएको वरिष्ठ अधिवक्ता तथा नेपाल भाषा मंका: खल: का निर्वतमान अध्यक्ष काजि गाँउलले बताउनु भयो ।

तीन चार सय वर्षदेखि यस क्षेत्रको आधारभूत जग बसाल्न नेवारी समुदायले कठोर मेहनत र संघर्ष गरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले बताउनु भयो ।नेपाल भाषा मंका खलका सल्लाहकार देव बहादुर श्रेष्ठले कुनै पनि जातिको पहिचान भनेको धर्म, भाषा, संस्कृति र जात्रा भएको र त्यसको रक्षा र विकासको लागि बागलुङको नेवार समुदायले मंका: खल: मार्फत एक जुट भएर लागेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठको बागलुङको कार्यकाल सफल होस भनि शुभकामना दिर्दै यस क्षेत्रको धार्मिक, जातियता, सांस्कृतिक विविधताको संरक्षण गर्दै यसको संरक्षणको लागि राज्य जिम्मेवार भएर लाग्नु पर्ने नेपाल भाषा मंका: खल: का अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनु भयो ।

संस्कृति र जात्रालाई पर्यटन प्रबद्र्धनमा लगाउनु पर्ने अध्यक्ष राजभण्डारीले भन्नु भयो ।कार्यक्रम नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले अध्यक्षतामा भएको थियो ।

विसं २०४८ सालमा बागलृुङका नेवार समुदायको धर्म, संस्कृति, भाषा, जात्रा र परम्परा संरक्षण र विकासको लागि भनि भाषा आन्दोलनका नेताहरु पद्यरत्न तुलाधर र मल्लके सुन्दरहरुको विशेष उपस्थितिमा प्रेम छोटाको संयोजकत्वमा नेपाल भाषा मंका: खल: बागलुङ स्थापना बागलुङ बजारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्