२१ बैशाख २०८१, शुक्रबार

 

कांग्रेस नेता पौडेलद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनी ८ दलीय गठबन्धनका शीर्ष नेताहरुसँग नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जसपाका नेता अशोक राई रहेका छन्।

यसैगरी समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का , माओवादी नेता हितराज पाण्डे र जनमत पार्टीका नेता अब्दुल खान छन्। त्यसक्रममा कांग्रेस सभापित शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव, राजपा अध्यक्ष नेपाल महन्त ठाकुरसहित गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको उपस्थिति थियो।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।कांग्रेस, माओवादीसहित ८ दलीय गठबन्धनले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने हिजो साँझ औपचारिक निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा  भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्