७ जेष्ठ २०८१, सोमबार

 

दमेक, बनहुँ गाउँका केशव नेपालीद्वारा श्रीमती राधा नेपालीको हत्या

बागलुङ । बागलुङको जैमिनी नगरपालिका दमेकस्थित बनहुँका ४५ वर्षीय केशव नेपालीले आफ्नै ३५ वर्षीया पत्नी राधा नेपालीको हत्या गरेका छन् ।उनले बारीमा आलु खन्ने क्रममा राधामाथि कोदालो प्रहार गरेका थिए ।

कोदालो प्रहारबाट घाइते पत्नी राधा नेपालीको उपचारका क्रममा धौलागिरि अस्पतालमा बिहीबार मृत्यु भएको छ ।केशव नेपालीले पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनु भयो ।

यस्तै जैमिनी नगरपालिका ४, सर्कुवामा आफ्नै बाबुले बुधबार साँझ १८ महिनाकी छोरीको हत्या गरेका छन् । २७ वर्षीय सायर दिनले छोरी आरिसा दिनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको समयमा सायरले छोरीको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मुत्यु भएको हो ।

दुई छुट्टाछुट्टै घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्