५ जेष्ठ २०८१, शनिबार

 

विद्यामन्दिर माविका शिक्षक र विद्यार्थीहरु हाजिरी जवाफ र नृत्य प्रतियागितामा द्वितीय र तृतीय

बागलुङ । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा एवं शिक्षा विकास तथा समन्वय इकाई बागलुङको संयुक्त आयोजनामा गरेकोे कार्यक्रममा विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु विजयी भएका छन् ।

बिहिबार विद्यामन्दिर माविको सभा हलमा भएको शिक्षक हाजिरी जवाफ प्रतियोगितामा विद्यामन्दिर माविका शिक्षकहरु द्वितीय भएका छन् । उक्त प्रतियोगिताहरुमा विद्यालयका शिक्षकहरु मन्जु थापा, सरिता लामिछाने र विष्ण राज पौडेलले भाग लिएका थिए ।यसै गरी शुक्रबार शिक्षक नृत्य प्रतियोगितामा विद्यामन्दिर माविकी शिक्षक सरिता खड्का आचार्य तृतीय भएका छन् ।

नृत्य प्रतियोगितामा निसिखोलागाउँपालिकाको प्रभा माविका शिक्षकहरु प्रेमराज पौडेल र विन्दु रेग्मी प्रथम र ढोरपाटन नगरपालिकाको सरस्वती माविका शिक्षकहरु ढाल कुमारी पाण्डे आचार्य, पार्वती पोखरेल, कापिला थापा कुँवर र हरिकला केसी खत्री तृतीय भएका थिए ।

साथै नृत्य प्रतियोगितामा जनकल्याण मावि प्रथम, गलकोट मावि द्वितीय र विद्यामन्दिर माविका विद्यार्थीहरु तृतीय भएका छन् । विजयी शिक्षक र विद्यार्थीहरुलाई शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले पुरस्कृत गर्नु भएको थियो ।

शिक्षकहरुको सृजनशिल विकासमा सहयोग पुगोस भनि हाजिरी प्रतियोगिताको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताउनु भयो । विद्यालयले अध्ययनको साथसाथै प्रतिभा प्रस्फुटन गर्ने सृजनशिल कार्यक्रम नियमित रुपमा गरेर विद्यार्थी र शिक्षकहरुलाई जागरुक बनाउनु पर्ने विद्यामन्दिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनु भयो ।

शिक्षकको हातमा विद्यार्थीहरुको भविष्य हुने भएकोले यस प्रकारको अरिरिक्त क्रियाकलापले शिक्षकहरुको मनोबल उच्च हुने र उनीहरुले आफनो कार्य क्षेत्रमा थप मेहनत गर्ने र्विद्यामन्दिर माविका प्रधानाध्यापक शान्ता मणि ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्