१ जेष्ठ २०८१, मंगलवार

 

विकास बैंकहरुले घटाए निक्षेपको ब्याजदर, चैत्र १ गतेदेखि लागू हुने

काठमाडौं । विकास बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेका छन् ।डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।चैत १ देखि लागू हुने गरी डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ ।

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।अब छोटो र लामो अवधिको मुद्दति निक्षेपको ब्याज दर फरक हुने छ।

साथै बैठकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनले जनाएको छ ।

वाणिज्य बैंक र फाइनान्स कम्पनीले भने मुद्दतिमा जस्तै बचतमा पनि ब्याज दरमा कति कायम गर्ने भनि सहमति गरेका छन्। चैत १ गतेदेखि लागु हुने गरी वाणिज्य बैंकहरुले बचतको ब्याज दर मात्र घटाएका छन् भने विकास बैंकहरुले भने मुद्दति र बचत दुबैको घटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्