२३ बैशाख २०८१, आईतवार

 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गलकोट नगर समितिको अध्यक्षमा भीम केसी

गलकोट । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गलकोट नगर समितिको प्रथम अधिवेशनले भीम केसीको अध्यक्षता ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार गलकोटको, मजुवामा सम्पन्न अधिवेशनले केसीको अध्यक्षतमा सर्वसम्मत समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मन बहादुर कार्की, टेकबहादुर थापा, महासचिवमा गंगा चोखाल बुढाथोकी, सचिवमा चित्र बहादुर सलामी, कोषाध्यक्षमा टीका सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक वीरबहादुर चोखालले जानकारी दिनु भयो ।

उक्त अवसरमा नवनिर्वाचित नेतृत्वलाई नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष जनकराज पराजुली, उपाध्यक्ष अर्जुन चोखाल, महासचिव गोविन्द थापा,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क पाण्डे,एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका अध्यक्ष वीर बहादुर चोखाल, गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रामप्रसाद कँडेल, अखिल नेपाल महिला संघ क्रान्तिकारी गलकोटका अध्यक्ष कौशिला घर्ती र नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश परिषद सदस्य वीर बहादुर नेपालीले सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

उक्त अवसरमा अध्यक्ष भीम केसीले संगठनको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संघ गलकोट समितिका अध्यक्ष चित्र साहनीको अध्यक्षता, उपाध्यक्ष भीम केसीको स्वागत तथा सचिव श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्