१ जेष्ठ २०८१, मंगलवार

 

नेपाल बैंक लिमिटेड बागलुङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बागलुङ । नेपाल बैंक लिमिटेडद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।नेपाल बैंक बागलुङ शाखाको आयोजनामा जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ६ बिहुँको भिमसेन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

युवाहरुबिच वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च २० देखि २६ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताउनुभयो ।

विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।नेपाल बैंकले प्रदान गर्ने सेवाहरु, बैंकको महत्व, पैसाको महत्व, बचत तथा कर्जा, बैंकिङले प्रदान गर्ने सेवा सुविधा र तिनको प्रयोग, पैसाको सुरक्षा र उपयोगको बारेमानेपाल बैंक लिमिडेट बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले जानकारी दिनु भएको थियो ।प्रविधिको विस्तारसँगै बैंकिङ सेवाहरू डिजिटल माध्यमबाट प्रवाह हुन थालेकाले यसको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा सहभागिलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा १०० जना भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।कार्यक्रम नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रबन्धक अमृत सेवाको अध्यक्षता, भिमसेन माविका प्रधानाध्यापक रघुनाथ कँडेलको प्रमुख आतिथ्यता, बैंकका सहायक प्रबन्धक उत्सवराज पन्तको स्वागत र वरिष्ठ सहायक प्रदिप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्