२३ बैशाख २०८१, आईतवार

 

गलकोटमा स्वास्थ्यकर्मीहरुको लागि नसर्ने रोग सम्वन्धी ४ दिने तालिम सुरु

बागलुङका ९ स्थानिय तहका स्वास्थ्यकर्मीहरुको लागि नसर्ने रोग सम्वन्धी ४ दिने तालिम गलकोटमा सुरु भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गलकोट नगरपालिकामा बागलुङ जिल्लाका ९ स्थानिय तहका स्वास्थ्यकर्मीहरुको लागि नसर्ने रोग सम्वन्धी ४ दिने तालिम सुरु भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले सरुवा रोगको भन्दा नसर्ने रोगको प्रकोप बढेको भन्दै यसलाई समयमै पत्ता लगाई न्युनिकरण गर्न सहयोग पुयाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

बागलुङ जिल्लाका ९ स्थानिय तहका २६ जना स्वास्थ्यकर्मीहरुको सहभागितामा सञ्चालित तालिमको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरे, गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल, बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकाल, तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्याल लगायतले प्रशिक्षण गर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षता, बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकालको स्वागत र स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । तालिम ११ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्