२१ बैशाख २०८१, शुक्रबार

 

सनराइज बैंक बागलुङले दियो विद्यामन्दिर माविका विद्यार्थीलाई वित्तीय साक्षरता

बागलुङ – सनराइज बैंक लिमिटेड बागलुङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।विहिबार बैंकले विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसरमा विद्यामन्दिर माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कक्षा दिएको सनराइज बैंक लिमिटेड बागलुङ शाखाका शाखा प्रबन्धक अर्जुन पौडेलले नयाँ विश्वलाई बताउनु भयो ।

६५ जना विद्यार्थीहरु वित्तीय साक्षरता कार्यक्रमबाट लाभान्वित भएका थिए । कार्यक्रममा शाखा प्रबन्धक अर्जुन पौडेललेले बैंकको महत्व,वित्तीय ज्ञान,मोबाइल बैकिक,कर्जा र वचतको महत्व, आर्थिक अनुशासन र सनराइज बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिनु भएको थियो ।

वित्तीय सारक्षता कार्यक्रमले विद्यार्थीहरुले आर्थिक ज्ञान पाउनुको साथै विद्यार्थीहरुले बैंकिङ्ग सेवा लिन सके विद्यार्थीहरुको आर्थिक जिवनमा महत्वपूर्ण परिवर्तन आउने विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकालले बताउनु भयो ।कार्यक्रममा विद्यामन्दिर माविका सहायक प्रधानाध्यापक छविरमण रेग्मीले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बैंकका कर्मचारीहरु कमल रानाभाट, सचिन पौडेल र प्रवेश शर्माले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ता मणि ढकालको प्रमुख आथिथ्यता सनराइज बैंकका शाखा प्रबन्धक अर्जुन पौडेललेको अध्यक्षता र बैंकका वरिष्ठ सहायक अर्जुन प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्