१७ बैशाख २०८१, सोमबार

 

बाजुङको नौमति पन्चे बाजा समूहलाई पोशाक र वाद्य सामग्री सहयोग

पर्वत । पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ५ बाजुङ गाउँको नौमति पन्चे बाजा समूहको कलाकारहरुलाई पोशाक र वाद्य सामग्रीहरु प्रदान गरिएको छ ।

बाजुङ जन्म घर भइ हाल बेलायत बसोबास गर्नु हुने देउमाया गुरुङले ७० हजारको पोशाक, वाद्य सामग्रीहरु र आर्थिक सहयोग हस्तान्तरण गरेको देउमाया गुरुङकी भाई काजिमान गुरुङले नयाँ विश्वलाई बताउनु भयो ।

 

याम बहादुर गरुङको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा भिम बहादुर गुरुङ र काजिमान गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम हेम बहादुर गुरुङको अध्यक्षता र क्याप्टेन रामकाजि गुरुङको संचालनमा सम्पन्न भएको थियो । गुरुङ परिवारले आफनो जन्म गाउँमा शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्