२१ बैशाख २०८१, शुक्रबार

 

महावीर पुनको आन्दोलनमा डा गोविन्द केसी र राप्रपा अध्यक्ष लिङ्देनको ऐक्यवद्धता

काठमाडौं । डा गोविन्द केसीले महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । शुक्रबारदेखि माइतीघरमा सुरु गरेको आन्दोलनमा आइतबार गोविन्द केसीले पनि साथ दिन पुगेका हुन् ।

सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा महावीर पुन र उनका समर्थकहरुले धर्ना बसेका छन् ।पुनले आविष्कार र नवप्रवर्तनका लागि सरकारले बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् । पुनको आन्दोलनलाई राप्रपाले ऐक्यबद्धता जनाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका हुन्। अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष लिङ्देनले बताए।

प्रतिक्रिया दिनुहोस्