७ जेष्ठ २०८१, सोमबार

 

दुर्घटना न्युनिकरण गर्न बागलुङमा ट्राफिक सप्ताह सुरु (फोटोफिचर)

बागलुङ दिनहुँ जसो हुने सवारी दुर्घटनाबाट सवारी चालकको मृत्यु तथा शरीर अंगभंग हुने गरेको घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना लगायत समसामयिक विषयमा ट्राफिक सप्ताह कार्यक्रम शुरू गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका सबै सामाजिक संघ संस्था सँगको सहकार्यमा सप्ताहको पहिलो दिन ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित बागलुङ सदरमुकाममा ¥यालीसहित एक समारोह गरि सप्ताह सुरु भएको हो । ट्राफिक सप्ताह सुभारम्भ कार्यक्रममा बोल्र्दैै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताउनु भयो । सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनु पर्ने भन्दै साँघुरो र ग्रेड नमिलेका सडकमा सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको भन्दै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेने बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने धारण राख्नु भयो । २०४७ सालमा बागलुङ सडक संचालनले जोडिएपछि हाल जिल्लाका सवै स्थानमा सडक पुगेकाले अव ति सडकको स्तरउन्नती र व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । भुगोल र कच्चि सडकका कारण जिल्लामा दुर्घटना हुने गरेकोले यसको न्यूनिकरणको लागि सवैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

त्यस्तै धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि अभियान फलदायी हुने बताउनु भयो । केसीले साँघुरो बाटो र सवारीको चापका कारण दुर्घटना बढेकोले व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । बागलुङका प्रमखु जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक मदन केसी र संचालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले गर्नु भएको थियो ।

ट्राफिक सप्ताहको अवसरमा चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस, मास्क वितरण गर्ने र हुटमा बसेर यात्रा गर्ने यात्रुहरुलाई प्रशिक्षण दिने जिल्ला ट्राफिक कार्यालयका प्रमुख मिन बहादुर खड्काले बताउनु भयो ।

सप्ताहको अवसरमा चालक र परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाई प्रशिक्षण दिने र पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक गरे नगरेको सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोगकर्ता र विद्यालयमा विद्यार्थीलाई प्रशिक्षण छैठौं दिन स्वास्थ संस्थासँग समन्वय गरि चालक सहचालकलाई स्वास्थ जाँच ब्लड प्रेशर आँखा जाँच गर्ने पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन बैशाख ३१ गते पत्रकारहरूसँग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा बागलुङ बजारमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार टिकाराम शर्माले जानकारी दिनु भयो ।

बागलुङ जिल्लामा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सामुदायिक विद्यालय ,निजी विद्यालयमा ट्राफिक सचेतना मुलक अन्तर्किया ठूलो सवारीसाधन चलाउने चालक सहचालक मोटर साइकल चलाउने चालकलाई परिक्षण सडकमा यात्रा गर्ने यात्रुलाई प्रशिक्षण दिइएपछि जिल्लामा सवारी दुर्घटनामा कमि आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्