४ जेष्ठ २०८१, शुक्रबार

 

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ रायमाझी काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।२० बैशाखमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले २० वैशाखमा नै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्