२१ बैशाख २०८१, शुक्रबार

 

बागलुङका बैंकका सुरक्षा गार्डहरुलाई सुरक्षा संम्बन्धी प्रशिक्षण

बागलुङ । बैंकर्स बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको संयुक्त आयोजनामा बागलुङमा रहेका सम्पुर्ण बैंकका सुरक्षा गार्डहरुसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको छ।

बागलुङ बजारमा रहेका सम्पुर्ण बैंकका सुरक्षा गार्डहरूको उपस्थिती रहेको उक्त अन्तरक्रिया र प्रशिक्षण कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय बागलुङ का प्रहरी निरीक्षक वसन्त भुजेलले गर्नु भएको थियो।

अत्याधुनिक प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा देखिएका सुरक्षा चुनौतीहरूको बीचमा रहेर कर्तव्य निभाउनु पर्ने भएकाले सबै जना संवेदनशील भै आफ्नो कर्तव्य पालना गर्न सम्पुर्ण सुरक्षा गार्डहरु तयार रहनु पर्ने आवश्यकतामा प्रहरी निरीक्षक भुजेलले जोड दिनु भएको थियो।

प्रशिक्षण अत्यन्त समय सान्दर्भिक तथा आफूलाई आफ्नो कार्यमा थप जिम्मेवार हुन प्रोत्साहन दिने खालको रहेको प्रशिक्षणमा सहभागी सुरक्षा गार्डहरुले बताएका थिए।

कार्यक्रममा सम्पुर्ण बैंकका कुल ५० जना सुरक्षा गार्डहरुलाई दुई दिनको सत्रमा तालिम एबं प्रशिक्षण प्रदान गरिएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्मा ले जानकारी दिनु भयो। कार्यक्रममा बैँकका शाखा प्रबन्धकहरूको पनि उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्