७ जेष्ठ २०८१, सोमबार

 

प्रहरीले खोजी गरी रहेको इमेज सहकारीका संचालक चित्र बहादुर भण्डारीले कहाँबाट प्रकाशित गर्यो प्रेस विज्ञप्ति ?

बागलुङ । इमेज सहकारीको पैसा हिनामिना गरी फरार भएपछि गृह मन्त्रालयले यात्रा अनुमति रद्द गरी कालो सूचीमा राखि प्रहरीले खोजतलास गरी रहेको सहकारीका संचालकमध्ये चित्र बहादुर भण्डारीले आज प्रेस विज्ञप्ति बाहिर ल्याएपछि नयाँ तरंग उत्पन्न भएको छ ।

सहकारीको अरबौं रकम हिनामिना गरी फरार भएका देवकुमार नेपालीलगाएत सबै संचालकहरुको खोजी भइ रहेको बेला सोमबार दिउँसो सहकारीका कार्यसमितिका सदस्य भण्डारीको विज्ञप्ति सार्वजनिक भएको हो ।

जेठ ५ गतेदेखि प्रहरीले व्यापक निगरानी र खोजतलास गरी रहेको संचालकहरुमध्ये भण्डारी नेपालभित्र भएको र उनलाई पक्राउ गर्न सके देवकुमारी नेपालीसहित अन्य संचालनकलाई पनि पक्राउ गर्न सकिने आधार रहेको छ ।

ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङ बजार घर भएका भण्डारीले प्रयोग गर्ने मोबाइल पनि अफ भएको छैन् ।भण्डारीले आज जारी गरेको प्रेस विज्ञप्ति आफनो फेसबुक वालमा पनि राखेका छन् ।

भण्डारीले आफू र आफनो परिवार सहकारीको सेयर सदस्य पनि नभएको, कर्जा पनि नलिएको र सहकारीमा कुनै कारोबार नगरेको बताएका छन् ।

जेठ ७ गते गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षर भएको पत्रमा संस्थापन अध्यक्ष देवकुमार नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाहीहरुको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

सहकारीको सेयर सदस्य र बचतकर्ताहरुको अरबौं रकम अपचलन गरी फरार भनि प्रहरीले खोजतलास गरेका संचालक सदस्यमध्ये भण्डारी पनि एक हुन् ।

उनले कहाँबाट कसरी प्रेस विज्ञप्ति प्रकाशित गर्न सक्यो गम्भीर प्रश्न उठेको छ ।शुक्रबारदेखि अध्यक्ष नेपालीसहित सबै संचालक सम्पर्कविहिन भएपछि सबैको खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई पत्राचार गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकाबाट नेपाली भाग्न सक्ने भएकोले रोक्नको लागि प्रहरी परिचालन भएको छ ।

जेठ ५ गतेदेखि फरार भएकाहरुको खोजीमा प्रहरी संयन्त्र परिचालन भएको यत्रो दिन विति सक्दा पनि एक जना पनि संचालक पक्राउ नहुँदा इमेज सहकारीका सेयर सदस्य र बचतकर्ताहरु निरास भएका छन् ।

प्रतिक्रिया दिनुहोस्