३ जेष्ठ २०८१, बिहीबार

 

गायक सज्जनको ‘पोखरामा‘ गीत सार्वजनिक

बागलुङ । गायक ,कलाकार तथा पत्रकार सज्जन कुुमार सिंहको नयाँ गीत पोखरामा सार्वजनिक भएको छ ।

पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको गीत सार्वजनिक भएको छ ।पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध जनाएका छन् । टिकटक र सामाजिक सञ्जालमा गीतको विरोध सुरु भएको हो ।

एकै छिनमा वादल लाउने एकैछिनमा पानी
पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।

टिकटकमा पोेखराका अधिकांस महिलाले गीतले पोखरेली महिलालाई गलत ढंगले प्रस्तुत गरेका प्रतिक्रिया दिएका छन् ।पोखराको मौसम र प्रेमलाई बिषय वस्तु बनाएर तयार पारिएको गीतको शब्द,संगित सज्जनको छ । गीतमा गायक सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोलाई इश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सज्जन,जुना गुरुङ र सरिता धानकोटीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा पोखराको फेवाताल र यहाँका ऐतिहासिक प्राकृतिक ठाउँ समावेश गरिएको छ । गायक सज्जन इलाकाखबर डटकमका सम्पादक हुन् । उनी प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष समेत छन् ।

 

प्रतिक्रिया दिनुहोस्