३ जेष्ठ २०८१, बिहीबार

 

अर्थविद् डा गोविन्द थापाद्वारा लिखित ‘अर्थतन्त्रको आँखीझ्याल’ विमोचन

काठमाडौं। अर्थविद् डा गोविन्द थापाद्वारा लिखित ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक विमोचन गरिएको छ।शनिबार प्रतिस्ठानकी अध्यक्ष इन्दिरा थापा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सार्वजनिक गरेका हुन्।

डा थापाले विभिन्न समयमा लेखेका लेख, रचनाहरु संग्रह गरेर डा गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठानले प्रतिष्ठानले पुस्तक तयार पारेको हो।

कार्यक्रममा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, पुर्वगर्भनर विजयनाथ भट्टराई, पुर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मन्तव्य व्यक्त गर्नु भएको हो ।डा थापाको जन्म २००८ कात्तिक १६ गते र निधन २०७८ जेठ १८ गते भएको थियो।

डा थापाले एसियाली विकास बैंकको फिलिपिन्समा वैकल्पिक कार्यकारी निर्देशक, चार पटक अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, नेपाल वायु सेवा निगमको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्