३ जेष्ठ २०८१, बिहीबार

 

केसीद्वारा लिखित ‘शून्यको मूल्य’ लाई उत्तम शान्ति पुरस्कार

काठमाडौं । डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तकलाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ ।

पुस्तकमा कर्णालीका आमाहरुको संघर्षका कथाहरु रहेका छन् । पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ । २०७९ सालभर प्रकाशित कृतिहरु मध्येबाट ‘शून्यको मूल्य’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको गुठीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले ‘शून्यको मूल्य’ कृतिलाई पुरस्कार दिने निर्णय गरिएको हो ।

यो पुरस्कार उत्तम कुँवरको जन्मजयन्ती जेठ १२ मा प्रदान गरिने भएको छ ।साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा यो पुरस्कार स्थापना गर्नु भएको थियो ।

साहित्यकार कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैरआख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्