३ जेष्ठ २०८१, बिहीबार

 

नारायणमान विजुक्छेंको ‘समाज विकासको एक झलक’ विमोचन

काठमाडौं । आज मंगलबार भक्तपुरको लिवालीमा ४५ वर्ष अगाडि लेखिएको एउटा पुस्तक विमोचन गरिएको छ ।

राजनीतिक जस्तै दर्शन र साहित्यमा समेत सिद्धहस्त साहित्यकार हरिबहादुर श्रेष्ठद्धारा (नारायणमान विजुक्छें) लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन लेखक श्रेष्ठ श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् विश्वमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्त रुपमा पुस्तक गर्नुभयो।

उक्त पुस्तक हरिबहादुर राजनैतिक क्षेत्रमा कार्यरत रहँदा समाजको विकासक्रम बारे अध्ययन, अनुसन्धान, अनुभवको उपज हो, जसले लेखक भारतको प्रवास जीवनमा रहँंदा मूर्त रुप पायो । यसमा लेखिएका विषयहरू सैद्धान्तिक र व्यावहारिक ज्ञानका अनुभवहरु छन् ।

वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो । उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँंदा लेखिएका विषयवस्तुहरुको संकलन पुस्तकमा रहेको जनाइएको छ ।
कार्यक्रममा विजुक्छेंले पुस्तकको पाण्डुलिपि संकलनमा ढिलाइ भएकोले पुस्तकको प्रकाशन ढिलो भएको बताउनु भयो । राजनीतिक आन्दोलनलाई सघाउ पुर्याउन लेखिएका कुराहरु आजका दिनमा पनि उतिकै महत्वपूर्ण रहेकोले ढिला भए पनि पुस्तक प्रकाशित गरेको उनको भनाई थियो ।
पुस्तकमा समाज विकासका विविध विकासक्रमहरु र किसान आन्दोलनहरू उल्लेख छन् । समाजको उत्पति, विकासक्रम, दासयुगीन समाज, सामन्ती समाज, पुँजीवादी समाजका चरण लगायतका विविध विषयहरु पुस्तकमा समावेश छन् ।
पुस्तक एक सय ५४ पृष्ठको रहेको छ । पुस्तकको मूल्य तीन सय राखिएको छ । पुस्तकको प्रकाशक संस्था स्रस्ता समाज रहेको छ

प्रतिक्रिया दिनुहोस्