१६ बैशाख २०८१, आईतवार

 

विवाईसि बागलुङको व्यवस्थापनमा सृजनशिल महिला समूहलाई २० वटा बाख्रा वितरण

बागलुङ । महिलाको आर्थिक सशक्तिकरण, उत्पादनलाई बजारीकरण र लैगिक विभेदको अन्त्य गर्न सहयोग पुगोस भनि महिला समूहका सदस्यहरुलाई बाख्रा वितरण गरिएको छ ।

काठेखोला गाउँपालिका र हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र विवाईसि बागलुङको व्यवस्थापनमा काठेखोला गाउँपालिकामा संचालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामा आवद्व काठेखोला गाउँपालिकाको वडा नं ३ का सृजनशिल महिला समूहका सदस्यहरुलाई २० वटा बाख्रा वितरण गरिएको छ ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, विवाईसि बागलुङको अध्यक्ष मणिभन्द्र शर्मा, विवाईसि बागलुङको संचालक समिति सदस्य डिल्ली राज उपाध्याय, वडा नं ३ वडा अध्यक्ष कुल बहादुर विक र सृजनशिल महिला समूहका अध्यक्ष सिता जिसीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विवाईसि बागलुङका अध्यक्ष मणिभन्द्र शर्माको अध्यक्षता र विवाईसि बागलुङका कर्मचारी रिता शर्माको संचालनमा सम्पन्न भएको थियो ।विवाईसि बागलुङ जिल्लामा महिलाको आर्थिक सशक्तिकरण, सर्वसाधारण नागरिकहरुको जनस्वास्थ्यमा पहुँच र ग्रामीण स्वास्थ्य सुधार, सामुदायिक विकास, सामाजिक रुपान्तरण र दिगो विकास लक्ष्य हासिल गर्न क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्