६ जेष्ठ २०८१, आईतवार

 

विष्णुनाथ शर्माको कविता संग्रह ‘अन्तध्र्वनी’ विमोचन

बागलुङ । कवि विष्णुनाथ शर्माको अन्तध्र्वनी कविता संग्रह विमोचन भएको छ । विद्यामन्दिर पुस्तकालय साहित्यीक उपसमितिको आयोजनामा शनिबार आयोजित एक समारोहमा शर्माको कविता संग्रह साहित्यकार प्रेम छोटाले विमोचन गरेका हुन् ।

साहित्यकार प्रेम छोटाले साहित्य समाजको दर्पण भएकाले यसको संरक्षण र प्रवद्धन गर्नुपर्ने बताउनुभयो । सुस्ताउदो साहित्यलाई शर्माको पर्यावरण संरक्षणमा केन्द्रीत कविताहरुले नयाँ आयाम थपेको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै साहित्यकार रामप्रसाद सुवेदीले अन्तध्र्वनी कविता संग्रहमा सरल तरिकाले सामाजिक सेवा, वन र वातावरण संरक्षण तथा धार्मिक कुराहरु समेटिएको बताउनुभयो ।

कार्यक्रममा कवितासंग्रहका लेखक विष्णुनाथ शर्मा, वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ, पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, मुलपानी माविका पूर्वप्रधानाध्यापक मेघराज पाण्डे, साहित्यकार नारायण प्रसाद गौतम, नेपाल रेडक्रस सोसाईटी बागलुङका पूर्वसभापति विश्वनाथ रेग्मी,साहित्यकार देवीप्रसाद सुवेदी शिवसस्मित, रमा गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयको साहित्यीक उपसमितिका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र साहित्यीक उपसमिति सदस्य कोपिला कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्