७ जेष्ठ २०८१, सोमबार

 

प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेल मृत प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरु

बागलुङ । गएराती मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नावय निरीक्षक उज्जल पौडेलको मृत्यु बारे प्रहरीले अनुसन्धान थालेको छ । मंगलबार जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सुरु गरेको हो ।

पौडेल बडिगाड गाउँपालिका ६ स्थित आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका थिए । घटना स्थलको प्रारम्भिक अवस्थाको बारेमा जानकारी दिदै प्रमुख खड्काले आफूहरु घटना स्थालमा पुग्दा सव होटलको भुइतलामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको बताउनुभयो ।

मृतक पौडेलका आफन्तहरु घटनास्थलमा आइसकेकोले मुचुल्का गरि शव पोष्टमार्टमको लागि धौलागिरि अस्पताल बागलुङमा ल्याउने तयारी भएको बताउनुभयो । सोमवार दिनभर वडिगाड खोलामा वालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई उनी इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ जाने क्रममा उक्त होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।

प्रहरीले होटल सञ्चालक महिला आशा कुँवर र उनका छोरा २१ वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । प्रहरी अधिकृतनै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका उपशंकाहरु पैदा भएको छ । समाजमा घटेका घटनाहरुको अनुसन्धान गर्ने प्रहरी अधिकृतनै मृत फेला परेको घटनाको सुक्ष्म अनुसन्धान गरि प्रहरीले घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्