२३ बैशाख २०८१, आईतवार

 

घरबहाल सरोकार महासंघ नेपाल जिल्ला समिति बागलुङको अध्यक्षमा रामचन्द्र शर्मा

बागलुङ । घरबहाल सरोकार महासंघ नेपाल जिल्ला समिति बागलुङको अध्यक्षमा रामचन्द्र शर्मा सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको प्रथम अधिवेशनले शर्माको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा ललिता थापा, द्धितीय उपाध्यक्षमा शिव संकर शाह, सचिवमा गोकुल कँडेल र कोषाध्यक्षमा डिल्ली गौतम रहेका छन् ।

साथै सदस्यहरुमा राम बहादुर विक, प्रेम कुमारी श्रीष, दिपा पाइजा घर्ती, कविता बस्नेत, सविता आचार्य र राम प्रसाद सुवेदी रहेका छन् ।कार्यक्रममा घरबहाल सरोकार महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष अधिवक्ता यमनाथ पौडेलले नवनिर्वाचित समितिका सबै सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

उद्घाटन कार्यक्रममा घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमल न्यौपाने, बागलुङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरज बोसेल, बागलुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष संजय श्रेष्ठ, बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारी, बागलुङ भाडा व्यवसायी संघका अध्यक्ष डिल्ली गौतम र घरबहाल सरोकार महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष अधिवक्ता यमनाथ पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा होटल व्यवसायी संघ बागलुङको उपाध्यक्ष ललिता थापाको अध्यक्षतामा र घरभाडा सरोकार समिति कास्कीका महासचिव कृष्ण चपागाईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्