१७ बैशाख २०८१, सोमबार

 

प्रभु बैंकले कमायो २ अर्ब ८२ करोड मूनाफा, मुख्य सूचकहरुमा आकर्षक प्रगति

काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएर २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले खुद नाफा बढाएको हो । गत वर्षको तुलनामा बैंकको नाफा ४८.५४ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष एनपीएल १.८६ प्रतिशत भएकोमा समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.१६ प्रतिशत पुगेको छ। जस्ले गर्दा बैंकले प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब २० करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७४ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ४७.५२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको रिजर्भको आकार ८५.३६ प्रतिशतले बढेर १० अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ यो गत वर्ष रिजर्भमा ५ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ,  अघिल्लो वर्ष बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।बैंकले निक्षेप संकलन ६१.८२ प्रतिशत र कर्जा लगानी ६३.८५ प्रतिशतले बढाएको छ ।

यसै गरी बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.९७ रुपैयाँ थियो भने पीई रेसियो १३.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्