१६ बैशाख २०८१, आईतवार

 

आईएमई लाईफ इन्स्योरेन्स छैठौ वर्षमा प्रवेश, आश्रमलाई १० हजारको भोजन सहयोग

बागलुङ । आईएमई लाईफ इन्स्योरेन्स पाँचौं वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा आईएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङको मानव सेवा आश्रममा आश्रय लिएर बसेकाहरुलाई भोजन खुवाएर सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अथिति आईएमई लाईफ इन्स्योरेन्स धौलागिरी एरिया प्रबन्धक कृष्ण पौडेलले मानिसको जोखिम न्युनिकरण गर्न आईएमई लाईफ इन्स्योरेन्सको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । विमा सचेतना मार्फत जोखिम हटाउन विमा गर्नुको महत्वको विषयमा आईएमई लाईफ इन्स्योरेन्स आक्रमक ढंगले अगाडि बढेकै कारण यस क्षेत्रबाट धेरैको बाँकी जिवन आर्थिक रुपले सुरक्षित भएको बताउनु भयो ।

पौडेलले इन्स्योरेन्सले वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा बस्नु भएका वृद्धवृद्धादेखि बालबालिकासम्म भोजन सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा एजेन्सी म्यानेजर मानव सेवा आश्रमकी अभिभावक लक्ष्मी बास्कोटाले मन्तव्य व्यक्त गरेकी थिइन् । इन्स्योरेन्सले दश हजार बराबरको भोजन सहयोग गरेको हो ।कार्यक्रमको संचालन आईएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाकी शाखा प्रबन्धक इन्द्रा शर्मा सापकोटाले र स्वागत मानव सेवा आश्रमकी संचालिका विपना तामाङले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्