१५ बैशाख २०८१, शनिबार

 

लायन्स क्लव अफ धौलागिरि, बागलुङ सिटी, मुक्तिनाथ, व्लुसिप तथा लियो क्लवद्वारा पञ्चकोटमा वृक्षारोपण

बागलुङ । धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास भइरहेको बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा शनिवार लायन्स तथा लियो क्लवको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ ।

वातावरण संरक्षण, विश्व तापक्रम न्युन गराउन र हरियाली प्रवर्द्धनका लागि बागलुङमा क्रियाशिल ४ वटा लायन्स र ४ वटा लियो क्लवहरुको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।

क्लस्टर ९ रिजन १८ जोन ४० अन्तर्गत लायन्स क्लव अफ धौलागिरि बागलुङ, लायन्स क्लव अफ बागलुङ सिटी, लायन्स क्लव अफ बागलुङ मुक्तिनाथ, लायन्स क्लव अफ बागलुङ व्लुसिप, लियो क्लव आफ धौलागिरि बागलुङ, लियो क्लव आफ पर्वत कुश्मा सिटी, लियो क्लव अफ बागलुङ र लियो क्लव आफ बागलुङ कालिगण्डकीको संयुक्त आयोजनामा पञ्चकोटको बाटिकामा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।

 

सो अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि क्लस्टर चिफ तथा लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष ताल बहादुर कुँवरले लायन्स क्लबले वृक्षारोपनलाई विशेष महत्व दिएको छ ।

वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले लायन्स क्लवले वार्षिक कार्यक्रम अन्तर्गत वृक्षारोपण गर्ने अभियान संचालन गरी रहेको भन्दै हरियाली प्रवर्द्धनका गर्न वृक्षारोपण कार्यले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

कुँवरले लायन्स क्लवमा आवद्ध हुनेले समाजसेवा, नेतृत्व विकास र एक आपसमा मिलेर काम गर्ने भावनाको विकास गर्ने बताउनु भयो ।

कार्यक्रममा डिपार्टमेन्टमा अफिसर राजन शाक्य, लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लव अफ बागलुङ मुक्तिनाथका अध्यक्ष सुनिता श्रेष्ठ, लायन्स क्लव अफ बागलुङ व्लुसिपका अध्यक्ष इन्द्र थापा, लियो क्लव अफ धौलागिरिका अध्यक्ष मनिष कँडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रयमा लायन्सको राष्ट्रिय ध्वजा अभिवादन रञ्जिता श्रेष्ठले र लियोको राष्ट्रिय ध्वजा अभिवादन अश्मिन शेखले बाचन गर्नु भएको थियो । कार्यक्रम जोन चेयर पर्सन निर्माण कुमार श्रेष्ठको अध्यक्षता, लायन्स क्लव अफ बागलुङ सिटी अध्यक्ष धना सुनारको स्वागत र लायन्स क्लव अफ धौलागिरि बागलुङका सचिव मनोज श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

वृक्षारोपण भन्नाले सुरुमा रुखविहीन वा वन विनाश भएको ठाउँमा रुख रोप्नु हो । जसरी वन विनाशको प्रक्रिया हो जसबाट वनको जनसङ्ख्या नष्ट हुन्छ, हामीसँग पनि छ वनीकरण। यो रूख रोप्ने प्रक्रिया हो ताकि एक व्यावसायिक वृक्षारोपण स्थापित गर्न वा प्राकृतिक वनमा भएको पर्यावरणीय क्षतिलाई कम गर्न सकिन्छ। सामान्यतया यो वृक्षारोपण प्राकृतिक क्षेत्रको पुनर्स्थापना र पुनर्स्थापनाको प्रक्रियाबाट अगाडि बढ्न मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस्