१५ बैशाख २०८१, शनिबार

 

आईएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाद्वारा अभिकर्तालार्ई सम्मान

बागलुङ । आईएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाले गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने शाखाका अभिकर्तालाई सम्मान गरेको छ ।शनिबार भएको कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले नयाँ विश्वलाई बताइन् ।

यसै गरी शाखा कार्यालय बागलुङबाट विभिन्न विदामा राम्रो काम गर्नेलाई सम्मान गरेको छ । विमा सबैको जिवनको लागि आवश्यक भएकोले यसको गाउँ गाउँसम्म प्रचार प्रसार गर्नु पर्छ आईएमई लाईफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख कर्णराज पौडेलले बताउनु भयो ।

प्रदेश प्रमुख पौडेलले आईएमई लाईफ इन्स्योरेन्सले व्यक्तिको जोखिम न्युनिकरणको लागि ल्याएको नयाँ नयाँ सेवाको बारेमा जानकारी दिनु भएको थियो ।आईएमई लाईफ इन्स्योरेन्सले जिवनमा जोखिम न्युनिकरण गर्न महत्वपूर्ण सहयोग गर्ने भएकोले यसमा आवद्ध हुन धौलागिरि एरिया प्रबन्धक कृष्ण पौडेलले आव्हान गर्नु भयो ।

आईएमई लाईफ इन्स्योरेन्सले धेरैको आर्थिक जिवनमा आमुल परिवर्तन ल्याएको एजेन्सी म्यानेजर तथा लिडर ममता देवी शर्मा बताइन् ।

यो अर्थिक वर्षमा कसरी सृजनशिल ढंगले बिमा व्यवसाय गर्ने भन्ने सम्बन्धमा शाखाका एमडिआरटि, चिफ एजेन्सी, सिनियर एजेन्सी र एजेन्सीहरुबिच अन्तरक्रिया पनि भएको थियो ।कार्यक्रम संचालन आईएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्