५ जेष्ठ २०८१, शनिबार

 

पर्वत अस्पतालमा सरुवा भएर जान लागेका डा हेमन्त बाँस्तोलालाई धौलागिरि अस्पतालद्वारा विदाई

बागलुङ । धौलागिरि अस्पतालमा कार्यरत डा हेमन्त बाँस्तोलालाई एक कार्यालयबिच विदाई गरिएको छ ।डा बाँस्तोला सरुवा भएर पर्वत अस्पतालमा जान लाग्नु भएको हो ।

डा हेमन्त बाँस्तोलाद्धारा धौलागिरि अस्पताल आउने विरामीहरुको उपचारमा महत्वपूर्ण सेवा पुगेको धौलागिरि अस्पतालका प्रशासन  प्रमुख तेज प्रसाद निउरेले बताउनु भयो । डा बाँस्तोलाको आगामी यात्रा सुखद रहने प्रशासन प्रमुख निउरेको भनाई थियो ।

बाँस्तोलासँगको सहकार्यले अस्पतालको चिकित्सकिय सेवामा महत्वपूर्ण सहयोग पुगेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवि रंजन प्रधानले बताउनु भयो ।

धौलागिरि अस्पतालमा कार्यरत रहदा सबैको सहयोग पुगेको र आफू स्वास्थ्य सेवामा योगदान दिन पाउदा गौरन्वित भएको डा हेमन्त बाँस्तोलाले बताउनु भयो । कार्यक्रमको संचालन धौलागिरि अस्पतालका प्रशासन सुपरभाइजर सुयश सापकोटाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्