१७ बैशाख २०८१, सोमबार

 

लक्ष्मी सनराइज बैंक बागलुङका शाखा प्रबन्धक पौडेलको विदाई

बागलुङ । बैंकर्स बागलुङले सरूवा भै जान लागेका लक्ष्मी सनराइज बैंक बागलुङका शाखा प्रबन्धक अर्जुन पौडेललाई शुक्रबार एक कार्यक्रमका बीच विदाई गरेको छ।

साबिकको सनराइज बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक पौडेल कार्यरत बागलुङ शाखा, साविकको लक्ष्मी बैंक लिमिटेड हस्पिटल लाइन स्थित शाखासँग गाभिएकोले उनको लक्ष्मी सनराइज बैंकको कुश्मा शाखामा शाखा प्रबन्धककै जिम्मेवारीमा सरूवा भएको हो।

पौडेल साबिकको सनराइज बैंक लिमिटेड बागलुङका संस्थापक शाखा प्रबन्धकको रूपमा विगत तीन वर्षदेखि कार्यरत थिए।

आफ्नो बागलुङ बसाई अत्यन्त सफल रहेको साथै उक्त बसाईमा सम्पूर्ण बैंकर्स साथीहरू तथा व्यवसायीहरूको राम्रो साथ पाएको पौडेलले बताए। छोटो समयको दौरानमा बागलुङमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पौडेल विगत १२ वर्षदेखि बैंकिङ सेवामा आबद्ध रहेका छन्।

बागलुङस्थित सम्पूर्ण शाखा प्रबन्धकहरूको उपस्थिती रहेको उक्त विदाई कार्यक्रम बैंकर्स बागलुङका सचिव हरि अधिकारीको सञ्चालन तथा अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्