१७ बैशाख २०८१, सोमबार

 

नेपाल बैंक बागलुङ शाखाले दिन थाल्यो नयाँ नोट (तस्बिरहरू)

बागलुङ । नेपाल बैंक लिमिटेड बागलुङ शाखाले आजदेखि नयाँ नोट दिन थालेको छ। नेपाल बैंक बागलुङ शाखाले सोमबारदेखि नयाँ नोट दिन थालेको हो।

दसैं सुरू भएसँगै नयाँ नोट दिन सुरु गरेको नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले नयाँ विश्वलाई जानकारी दिनु भयो । एक जनालाई १८ हजार पाँच सय रुपैयाँसम्म साँट्न पाउने सुविधा दिएको प्रबन्धक सेवाले बताउनु भयो । नयाँ नोट लिनका लागि बैंकमा सर्वसाधारणको घुइँचो लागेको छ।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउने छन्।राष्ट्र बैंकले दसैंका लागि मात्रै १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोटको व्यवस्था गरेको छ। विगतका दसैं, दीपावली, नेपाल सम्वत् र छठ पर्वमा सात र आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही हुने गरेको थियो।

राष्ट्र बैंकले यसपटक क्युआर कोडमार्फत् पनि रकम भुक्तानी गरेर नयाँ नोट साट्न सकिने व्यवस्था गरेको छ । यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयबाट मात्रै प्राप्त हुनेछ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्