२१ बैशाख २०८१, शुक्रबार

 

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो, पाँचवटा शव ल्याउन बाँकी, एकजना विद्यार्थी अझै बेपत्ता

काठमाडौं । इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइएको छ । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव ल्याइएको हो।

फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको शव ल्याइएको हो ।इजरायलबाट अहिले्सम्म पाँच जनाको् शव ने्पाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन नातेदारको डिएनए संकलन गरी पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल ल्याइसकिएको छ ।

हमासको् आक्रमणमा परी मृत्यु हुने् अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए । यस अघि सरकारले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्