२१ बैशाख २०८१, शुक्रबार

 

राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जाँदै

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज साँझ अमेरिका भ्रमणमा जाने भएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन् ।

टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको अध्यक्ष लिङ्देनले प्रमुख अथितिको रुपमा उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अक्टोबर २८ मा अध्यक्ष लिङ्देनले मोमो महोत्सव (फेस्टिभल) मा प्रमुख आतिथिको रुपमा नेपालीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसँग भेटघाट कार्यक्रम रहेको छ । अध्यक्ष लिङ्देन अक्टोबर ३१ का दिन ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।

साथै नोभेम्बर २ मा वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रियाको कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनु भयो ।

अध्यक्ष लिङ्देन नोभेम्बर ४ मा न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम र नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्