५ जेष्ठ २०८१, शनिबार

 

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन ओझा

बागलुङ । लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवनप्रसाद ओझा मनोनित हुनु भएको छ । लुम्बिनी प्रदेश सरकारले बुटवल उपमहानगरपालिका–४ राममन्दिर पथ निवासी ओझालाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति गरेको हो ।

बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओझालाई बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति गरिएको हो । ओझा बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका संस्थापक सदस्य तथा स्थायी बोर्ड सदस्य हुनु हुन्छ ।

कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रादेशिक र जिल्ला गरी १३ वटा अस्पतालहरूमा अध्यक्षहरू नियुक्त गरेको हो। अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि ओझाले अस्पतालको दिगो पूर्वाधार विकास, सहज स्वास्थ्य सेवामा आफूले ध्यान केन्द्रीत गर्ने र कुशल व्यवस्थापनमा आफनो टिम लागि पर्ने नयाँ विश्वलाई बताउनु भयो ।

बागलुङ नगरपालिका ३, नौबिसे टोलमा विसं २००९  भदौ २९ गते जन्मनु भएका ओझा आमा अम्बा देवी ओझा र बुबा गोपाल प्रसाद ओझाको जेठा छारो हुनु हुन्छ । ओझाले विसं २०२४ सालमा विद्यामन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उर्तीण गर्नु भएको थियो ।

जीवनप्रसाद ओझाले लामो समयदेखि उद्योग, व्यापार, स्वास्थ्य र सामाजिक सेवामा महत्वपूर्ण योगदान दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्