१७ बैशाख २०८१, सोमबार

 

ग्लोबल आइएमई बैंकको साधारण सभा मंसिर २८ गते

काठमाडौं । ग्लोबल आइएमई बैंकले १७ औं वार्षिक साधारण सभा मंसिर २८ गते बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

बैंकले लाभांशसँगै अन्य आर्थिक प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो। बैंकले १ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। यसबाहेक ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ। संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन गरिने कार्यक्रम रहेको छ ।

यसपालीदेखि बैंकले मर्जर प्रस्ताव नल्याइकन लाभांश प्रस्ताव मात्र अगाडि सारेको छ । बैंकले विगत एक दशकदेखि नियमित रुपमा मर्जरको एजेण्डालाई सँगै अगाडि लैजाने गरेको थियो ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १२ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयर धनीलाई वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्