१७ बैशाख २०८१, सोमबार

 

गरिमा विकास बैंक १७ औं वर्षमा, एकै दिन सामाजिक उत्तरदायित्वका १७ काम

काठमाडौं। सबैका लागि पहुँच भन्ने नाराका साथ गरिमा विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ। बैंकले बिहीबारबाट १६ औं वर्ष पूरा गरि १७ औं वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा बैंकको यात्रामा साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले नेपालका विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा एक सय २३ शाखा कार्यालय र ५१ एटिएमबाट सहज, सुरक्षित एवं गुणस्तरीय बैकिङ सेवा प्रदान गर्दै आएको छ।हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणअनुसार बैंकले ८० अर्ब रुपैयाँ निक्षेप संकलन, ६८ अर्ब रुपैयाँ कर्जा लगानी र ८ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको छ।

बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १ सय २३ औं शाखा विस्तार गरेको छ। साथै देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गरेको छ।

केन्द्रीय कार्यालयसहित विभिन्न क्षेत्रीय तथा शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले म्याग्दीको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्य संस्था, स्याङ्जा, गुरुकुल वृद्धाश्रम र स्याङ्जामा न्यानो कपडा वितरण गरेको छ।

त्यसैगरी, विर्तामोड नगरपालिका, झापाका सबै वडाहरू, भृकुटीपथटोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबिन प्रदान गरेको छ।

जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरूका लागि स्कुल ब्याग, अनाथ तथा असहाय महिला कल्याण समाज, रूपन्देहीका अनाथ आश्रममा इन्भर्टर, प्रशान्ति वृद्धाश्रम केन्द्र (सुर्खेत) लाई आवश्यक बेड हस्तान्तरण गरेको छ।

त्यसैगरी ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण गर्न क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना, वित्तीय जागरुकताका लागि नेसनल इन्फोटेक कलेज, विरगञ्जमा वित्तीय साक्षरता कार्यक्रम, सेती प्रादेशिक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण, काठमाडौंको बुढानीलकण्ठ मन्दिरलाई एक सय थान कुर्सी, नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी, अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्