१७ बैशाख २०८१, सोमबार

 

गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवमा गलेश्वोरधामका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बागलुङ । गरिमा विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

बेनी नगरपालिका-९ गलेश्वरधाम, म्याग्दी श्रीगलेश्वोरधाम जेष्ठ नागरिक आश्रममा बस्ने ५५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गरिमा विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

बैंकका पूर्वसंचालक तथा बेनी नगरपालिकाका निवर्तमान मेयर हरि कुमार श्रेष्ठले ९४ वर्षीय धनसरी पाइजालाई न्यानो कपडा वितरण गरेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।

हामी सबैले सामाजिक भावनाले काम गर्न सक्यौ भने समाजमा सकारात्मक परिवर्तन आउने बेनी नगरपालिकाका निवर्तमान मेयर हरि कुमार श्रेष्ठले बताउनु भयो ।

गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग र वित्तीय सारक्षता कार्यक्रम चलाउदै आएको गरिमा विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा श्रीगलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मी, श्रीगलेश्वोरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बम बहादुर पुन, पुलस्त्य पुलह अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गरिमा विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठको अध्यक्षता, बेनी शाखा प्रबन्धक कमल प्रसाद ढुंगानाको स्वागत र शाखाका वरिष्ठ सहायक शंकर प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्