५ जेष्ठ २०८१, शनिबार

 

जन्मदिनको उपलक्ष्यमा वडा अध्यक्ष थापाद्वारा गलकोट नगर अस्पताललाई आर्थिक सहयोग

गलकोट । जन्मदिनको अवसरमा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाले गलकोट नगर अस्पताललाई आर्थिक सहयोग गर्नुभएको छ ।

वडा अध्यक्ष थापाले ५१ हजार ५ सय १७ रुपैयाँ सहयोग गर्नुभएको गलकोट नगर अस्पतालका प्रमुख एवं एमडिजिपी डा राजेश पौडेलले जानकारी दिनुभयो ।

जन्मदिनमा गरिने फजुल खर्चलाई परोपकारी सेवामा समर्पित गर्न गलकोट नगर अस्पतालमा उपचारको लागि आउने विपन्न वर्गका विरामीलाई लक्षित गरी उक्त रकम सहयोग गरेको वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो । आर्थिक अभावमा उपचार गर्न नसक्ने नागरिकलाई सहयोग होस भनी अस्पतालमा आर्थिक सहयोग गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्