४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङमा समाजवादी अध्ययन केन्द्र गठन

बागलुङ । बागलुङमा समाजवादी अध्ययन केन्द्र गठन गरिएको छ । शनिबार भएको भेलाले मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा समाजवादी अध्ययन केन्द्र, बागलुङ – २०८० निर्माण गरेको हो ।

यस अध्ययन केन्द्रले राजनैतिक, दार्शनिक, आर्थिक, सामाजिक, सांस्कृतिक, लोकतन्त्र, समाजवाद, पर्यावरण, सूचना प्रविधि, कला, साहित्य तथा ज्ञान विज्ञानका क्षेत्रमा नियमित अध्ययन, अनुसन्धान गर्ने, छलफल, अन्तरक्रिया, विचार विमर्श सञ्चालन गर्ने र अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बागलुङमा समाजवादी अध्ययन केन्द्र गठन गरिएको संयोजक राजभण्डारीले बताउनु भयो ।

समाजवादी अध्ययन केन्द्रले चाडै बागलुङ बजारमा वृहत भेला आयोजना गरेर नयाँ समिति बनाउने समेत निर्णय गरेको छ ।

समाजवादी अध्ययन केन्द्रको तदर्थ समितिमा वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ, जगन्नाथ आचार्य, माधव शर्मा, निर्मलबहादुर श्रेष्ठ, विकिरण सी, लालबहादुर थापा, भरत पुरी, मनकाजी विश्वकर्मा, उत्तम प्रसाद श्रेष्ठ, जीवन आचार्य, अर्जुन चोखाल, श्याम प्रसाद शर्मा, गगन बहादुर पुन, वीरबहादुर चोखाल, सुदिप राजभण्डारी, प्रदिप पन्त, राजन प्रसाद सापकोटा, गोकुल कँडेल, राम थापा अविरल, अनिष खाती, जिवन शर्मा रहेका छन् ।

भेलामा पुष्पलाल ज्ञानशालाका सदस्य संगीत श्रोताले पुष्पलाल ज्ञान शालामार्फत भएका गतिविधि र अभ्यासको बारेमा जानकारी दिनु भएको थियो। साथै सुसेला संगीत समूहका संयोजक तथा गायक अन्जान बाबुले पनि मन्तव्य व्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्