४ जेष्ठ २०८१, शुक्रबार

 

एनसेल प्रकरणमा भ्रामक प्रचार गरे, प्रतिवाद गर्नोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालको पेरिसडाँडामा आयोजना गरेको केन्द्रीय पदाधिकारीको तेस्रो बैठकलाई सम्वोधन गर्दैै उनले त्यसको प्रतिवाद गर्न आग्रह गरेका हुन् ।

अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गरे । ‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ ।

नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन ।

यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अतिवादीहरूबाट दुस्प्रचार गरियो । त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

युद्धबाट शान्तिमा आउँदा पत्रकारको भूमिका अझै बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र, धर्मनिरीपेक्षता र संघीयताको रक्षाका लागि सक्रीय भूमिका खेल्नुपर्ने उनले बताए ।

बैठकलाई नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सम्वोधन गरेका थिए । बैठकमा प्रेस सेन्टरका सबै प्रदेशका अध्यक्षहरुले रिर्पोटिङ गरेका थिए । प्रेस सेन्टरले माघ १५ गते स्थापना दिवस मनाउने, विधान सम्मेलन र केन्द्रीय समितिको बैठक आयोजना गर्ने विषयमा बैठकमा छलफल भइरहेको गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफलेले बताए ।

प्रतिक्रिया दिनुहोस्