मलाई चेको बारेमा बोल्नको लागि भनिएको छ। मैले आज बिहानै सेन मार्टिनको मुर्तिको अगाडि उनको बारेमा बोलेको थिएँ। मेरो विचारमा चे असाधारण व्यक्ति थिए। चे सैनिकको रुपमा हाम्रो सेनामा भर्ति भएका थिएनन्।
उनी डाक्टर थिए। उनी संयोगले मेक्सिकोमा आएका थिए। उनले ल्याटिन अमेरिकामा कयौ ठाउँहरुको यात्रा गरेका थिए। उनी खानी क्षेत्रमा पुगेका थिए जहाँ काम गर्न धेरै अप्ठारो थियो। उनले अमेजोन जंगलमा कुष्ठरोगीहरुको अस्पतालमा पनि काम गरेका थिए।
म चेको एउटा विशेषताको बारेमा कुरा गर्छु जसको म प्रसंशक छु। हरेक हप्ता चे मेक्सिको शहर बाहिर रहेको पोपोकेटेपेटी ज्वालामुखीको शिखरमा चढ्ने कोशिस गर्थे। यो एकदम अग्लो पर्वतको शिखर हो जुन वर्षैभरि हिउँले ढाकिएको हुन्छ। चे आफ्नो पुरै शक्ति लगाएर पर्वतमा चढ्न सुरु गर्थे।
तर अथक प्रयास गरे पनि शिखरमा पुग्न सक्दैन थिए। उनको दमको रोगले हरेक पटक अवरोध बन्थ्यो। अर्को हप्ता चे फेरि यो ुपोपोु शिखरमा चढ्ने असफल प्रयास गर्थे। पटक पटक प्रयास गरिरहन्थे। उनी यो पर्वतको शिखरमा कहिले पुग्न सकेनन् तर जीवनभर यो पोपोकेटेपेटी शिखरमा चढ्ने प्रयास गरिरहे। यसले उनको दृढता, उनको आत्मबल र लगनको परिचय दिन्छ। जसको म ठुलो प्रसंशा गर्छु।
हरेक हप्ता चे मेक्सिको शहर बाहिर रहेको पोपोकेटेपेटी ज्वालामुखीको शिखरमा चढ्ने कोशिस गर्थे। उनी यो पर्वतको शिखरमा कहिले पुग्न सकेनन् तर जीवनभर यो पोपोकेटेपेटी शिखरमा चढ्ने प्रयास गरिरहे।
उनको अर्को विशेषता यो थियो कि जब हाम्रो सानो समुहमा कुनै खास काम गर्नको लागि स्वयंसेवकको आवश्यकता पर्थ्यो, सबभन्दा पहिला अगाडि सर्ने चे नै हुन्थे। डाक्टरको रुपमा बिरामी र घाइतेहरुलाई रेखदेख गर्न सधैं उनीहरु संगै रहन्थे।
केही खास परिस्थितिहरुमा जब हामी जंगलले घेरिएको पहाडी इलाकाहरुमा हुन्थ्यौं र शत्रुले हामीलाई अनेकौं दिशाबाट पछ्याइरहेको हुन्थ्यो, तब मुख्य शक्ति चलायमान भइरहनु पर्थ्यो। हामीले बाटोमा केही खालका निसानहरु छोदिन्थ्यौं, जसले गर्दा डाक्टर आफूले हेरविचार गरिरहेका बिरामीहरु संगै कतै नजिकै रहन सकुन्। यो अवस्था तब सम्म चलिरह्यो, जबसम्म उनी समुहमा एक मात्र डाक्टर थिए। पछि अरु डाक्टरहरु पनि आए।
यो लडाइँमा भाग लिनेमध्ये एक तिहाई मानिसहरु या त मारिएका थिए या घाइते भएका थिए। एक डाक्टरको रुपमा उनले घाइते शत्रुहरुको पनि उपचार गरे। यो बडो असामान्य कुरा थियो।
एउटा लडाइँ तीन घण्टा चलेको थियो। हामीले संयोगवश शत्रु पक्षको सञ्चार काटिदिएका थियौं। त्यो लडाइँमा चेले उदाहरणयोग्य कार्य गरेका थिए। यो लडाइँमा भाग लिनेमध्ये एक तिहाई मानिसहरु या त मारिएका थिए या घाइते भएका थिए। एक डाक्टरको रुपमा उनले घाइते शत्रुहरुको पनि उपचार गरे। यो बडो असामान्य कुरा थियो। तर उनले आफ्ना कामरेडहरुका साथसाथै ठुलो मात्रामा घाइते शत्रुहरुको पनि उपचार गरे।
तपाई चेको संवेदनशीलताको बारेमा कल्पना पनि गर्न सक्नु हुन्न। मलाई एउटा घटना सम्झना छ। हाम्रो एक जना घाइते कामरेड बच्ने अवस्थामा थिएनन्। हामीलाई त्यो इलाकाबाट तत्काल बाहिर निक्लिनु पर्ने थियो। किनकि शत्रुहरुको प्लेन जतिबेला पनि आउन सक्थियो। तर सौभाग्यवश लडाइँको दौरान एउटा पनि प्लेन आएन।
सामान्यता यस्तो लडाइँ चलेको बेला बीस मिनेटभित्रै प्लेन आउने गर्थ्यो। तर यसपटक हामीले अचुक निसाना लगाएर शत्रुपक्षको संचार व्यवस्था ठप्प पारिदिएका थियौं। यसले गर्दा हामीलाई केही अतिरिक्त समय प्राप्त भएको थियो। तर हामीलाई घाइतेहरुको उपचार गर्नु र त्यहाँबाट तत्काल बाहिरिनु पर्ने पनि थियो।
चेले पछि मलाई निश्चित मृत्युसंग जुधिरहेका एक जना कमरेडको बारेमा बताए जुन कुरा म कहिले पनि बिर्सिन सक्दिनँ। घाइते जुन ठाउँमा छन् त्यहाँबाट उनलाई अलिकति पनि यताउता सार्न सकिँदैन। कहिलेकाहीँ गम्भीररुपमा घाइतेहरुलाई उठाउन पनि मुस्किल हुन्छ।
तपाइले शत्रुहरुको घाइतेहरुको उपचार गर्नु भएको छ उनीहरुलाई पनि सम्मानका साथ व्यवहार गर्नु भएको छ भने उनीहरुको विश्वासको सहारा लिनु पर्छ। हामीले युद्धबन्दीहरु माथि कहिलेपनि दुर्व्यवहार गरेनौं न त उनीहरुको हत्या नै गर्यौं ।
कहिले काहीँ त हामीले आफैसंग दुर्लभ मात्रामा उपलब्ध औषधिहरु उनीहरुलाई दिन्थ्यौं । हाम्रो यो नीतिका कारण युद्धमा हामीलाई ठुलो सफलता प्राप्त हुन्थ्यो । कुनै संघर्षमा सही उदेश्यको लागि लडिरहेका मानिसहरुले यस्तो आचरण गर्नु पर्छ जसले गर्दा शत्रुहरुले समेत त्यसको सम्मान गरुन्।
हामीले युद्धबन्दीहरु माथि कहिलेपनि दुर्व्यवहार गरेनौं न त उनीहरुको हत्या नै गर्यौं । कहिले(काहीँ त हामीले आफैसंग दुर्लभ मात्रामा उपलब्ध औषधिहरु उनीहरुलाई दिन्थ्यौं ।
यो घटनामा हामीहरुले हाम्रा थुप्रै घाइते साथीहरुलाई पछाडि छोड्नु पर्यो। ती मध्ये केही त गम्भीर रुपमा घाइते थिए। पछि चेले धेरै दुखका साथ जे भने, त्यसले मेरो मनलाई छोयो। हाम्रा एकजना कामरेड बाँच्ने कुनै सम्भावना थिएन। चेले उनलाई छोडेर हिँड्नुभन्दा अगाडि झुकेर उनको निधारमा चुम्बन गरे।
चे एक असाधारण मानिस थिए। उनी असाधारण रुपमा सुसंस्कृत र प्रतिभाशालि व्यक्ति थिए। उनको लगन र दृढताको बारेमा मैले पहिले नै तपाईंहरुलाई भनिसकेको छु। क्रान्तिको सफलतापछि उनलाई जे काम दिइयो, उनले तुरुन्त स्वीकार गरे। चे क्युबाको राष्ट्रिय बैंकको डाइरेक्टर थिए। त्यो समयमा त्यो ठाउँमा एक जना क्रान्तिकारीको एकदमै आवश्यकता थियो। क्रान्ति भर्खरै सफल भएको थियो। संसाधनहरु धेरै दुर्लभ थिए। देशको सञ्चिति लुटिएको थियो।
मैले एक दिन घोषणा गरें हामीलाई एक जना इकोनोमिस्ट चाहिएको छ।ु चेले तत्काल हात उठाए। उनी झुक्किएका थिए। चेले सोचेका थिए फिडेलले हामीलाई कम्युनिस्ट चाहिएको छ भनेर भन्दैछन् भन्ने ठानेर हात उठाएका थिए।
हाम्रा शत्रुहरुले यसको खिल्ली उडाए। उनीहरु सधैं खिल्ली उडाउँछन्, हामी पनि उडाउँछौ। तर यो खिल्लीको राजनीतिक उद्देश्य थियो। यो खिल्लीअनुसार मैले एक दिन घोषणा गरें( ुहामीलाई एक जना इकोनोमिस्ट चाहिएको छ।ु चेले तत्काल हात उठाए। उनी झुक्किएका थिए।
चेले सोचेका थिए फिडेलले हामीलाई कम्युनिस्ट चाहिएको छ भनेर भन्दैछन् भन्ने ठानेर हात उठाएका थिए। यसरी चे उक्त पदका लागि चुनिएका थिए। खैर चे क्रान्तिकारी थिए, कम्युनिस्ट थिए र उत्कृष्ट अर्थशास्त्री थिए।
किनकि उत्कृष्ट अर्थशास्त्री हुनु यो कुरामा निर्भर गर्छ कि आफ्नो देशको अर्थव्यवस्थाको यो अंग अर्थात क्युबाको राष्ट्रबैंकको प्रमुखको रुपमा के काम गर्ने विचार बनाएका छन्। उनले एउटा कम्युनिस्ट र एउटा अर्थशास्त्रीको रुपमा यो दायित्व कुशुलतापूर्वक निर्वाह गरे। चेसंग कुनै डिग्री थिएन तर उनले धेरै कुरा अध्ययन र अवलोकन गरेका थिए।
चेले नै क्युबामा स्वैच्छिक कामको विचारलाई प्रवर्धन गरेका थिए। किनकि उनी आफै हरेक आइतबार स्वयंसेवकको रुपमा स्वैच्छिक काम गर्न जान्थे। कुनै दिन उनी कृषिको काम गर्थे भने कुनै दिन नयाँ मेशिनहरुको जाँच गर्थे त कुनै दिन निर्माणको क्षेत्रमा काम गर्थे। उनले यो प्रथाको विरासत हाम्रो लागि छोडेका छन्। उनको उदाहरणलाई पछ्याउदै आज लाखौ क्युवालीहरुले यो प्रथालाई अपनाएका छन्।
उनले हाम्रोलाई धेरै सम्झनाहरु छोडेर गएका छन्। त्यसैले म भन्छु उनी मेरो जीवनमा भेटिएका मध्ये सबैभन्दा महान र असाधारण व्यक्ति हुन्।
(फिडेल क्यास्ट्रोले मे २६, २००३ मा अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सको ल स्कुलमा दिएको भाषणबाट उधृत)
दायित्वबोधबाट













































































































































































































