१६ बैशाख २०८१, आईतवार

 

बैंकर्स बागलुङका कोषाध्यक्ष शर्माको विदाई

बागलुङ । बैंकर्स बागलुङले ग्लोबल आइएमई बैंक साविक आवा रोड शाखाका शाखा प्रबन्धक तथा बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाई बिदाई गरेको छ।

साविकको बैंक अफ काठमाण्डौं लिमिटेड बागलुङका शाखा प्रबन्धक शर्मा कार्यरत ग्लोबल आइएमई बैंक आवा रोड़ शाखा, बाघको सालिकस्थित ग्लोबल आइएमई बैंक बागलुङ लोकतान्त्रिक चोक शाखासँग गाभिएकोले उनको चितवनको टाँडी शाखामा सरूवा भएको हो।

शर्मा तत्कालीन बैंक अफ काठमाण्डू लिमिटेड बागलुङका शाखा प्रबन्धकको रूपमा विगत ६ वर्षदेखि बागलुङमा कार्यरत थिए।

आफ्नो बागलुङ बसाई अत्यन्त सफल रहेको साथै उक्त बसाईमा सम्पूर्ण बैंकर्स तथा व्यवसायीहरूको राम्रो साथ पाएको शर्माले बताउनु भयो। छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल शर्मा विगत १० वर्षदेखि बैंकिङ सेवामा आवद्ध रहेका छन्।

बैंकर्स बागलुङले आयोजना गर्ने हरेक अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताहरुमा सधैं आफूलाई अब्बल सावित गर्दै बैंकर्स बागलुङको छवि थप उचाईमा पुर्याउन शर्माले भूमिका खेलेको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले जानकारी दिनु भयो।

बागलुङ स्थितसम्पूर्ण शाखा प्रबन्धकहरूको उपस्थिति रहेको उक्त विदाई कार्यक्रम बैंकर्स बागलुङका सचिव हरि अधिकारीको सञ्चालन तथा अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्