१६ बैशाख २०८१, आईतवार

 

ग्लोबल आईएमई बैंकको अगुवाइमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली सुरू

काठमाडौं। ग्लोबल आइएमई बैंकको अगुवाइमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली सुरू गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहितको सेवा शुभारम्भ गरेका छन्।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली सुरु गरिएको बैंकले जनाएको छ । बैंकका भिजा कार्डबाहक ग्राहकले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुंगा भएको र बैंकका ग्राहकले आधुनिक प्रविधिमा आधारित सेवा पाउने बताए।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंकले नयाँ प्रविधिमा मार्फत नयाँ सेवा दिन सधै तप्पर रहेको र यस सेवाले बैकिंक क्षेत्रमा नयाँ परिवर्तन आउने बताउनु भयो ।

यो सेवा लिनेले फिजिकल कार्ड प्रयोग गर्नुपर्ने छैन। कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्