१९ बैशाख २०८१, बुधबार

 

रोटरी क्लब अफ बागलुङको अध्यक्षमा रामकृष्ण शर्मा

बागलुङ । रोटरी क्लब अफ बागलुङको अध्यक्ष रामकृष्ण शर्मा चयन भएका छन्। क्लबको साधारणसभाले आगामी वर्ष २०२४-२५ को लागि रामकृष्ण शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

कार्यसमितिको निवर्तमान अध्यक्षमा दिपेन्द्र घिमिरे , आगामी अध्यक्षमा नारायण प्रसाद गौतम , मनोनित अध्यक्षमा पुनम प्रसाद शर्मा, प्रथम उपाध्यक्ष निर्मला जिसी पन्त, द्वितीय उपाध्यक्ष दीपक शर्मा, सचिवमा निशान खड्का, सहसचिवमा गणेश थापा र कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएका छन्।

साथै साधारण सभाले क्लबको प्रशासन प्रमुखमा हेमराज शर्मा, जनसम्पर्क प्रमुखमा अर्जुन पौडेल, विकास प्रमुखमा एन्जिल शाक्य, द रोटरी फाउन्डेसन प्रमुखमा विना कार्की, आयोजना विकास प्रमुखमा शालिकराम शर्मा, सर्जेन्ट एट आर्म्समा दयाराम पौडेल , नयाँ पुस्ता प्रमुखमा अभिनाश केसी, सम्पादकमा विवश गैरे तथा क्लव ट्रेनरमा केवि शाही चयन भएका छन्।

नयाँ कार्यसमितिले आगामी जुलाई महिनादेखि पदभार ग्रहण गर्ने छ। विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सामाजिक व्यक्तिहरु सम्मिलित रोटरी क्लब अफ बागलुङ सामाजिक तथा मानवियक्षेत्रमा क्रियाशील छ ।

प्रतिक्रिया दिनुहोस्