१७ बैशाख २०८१, सोमबार

 

नेपाल बैंकर्स संघमा अशोक शेरचन, सञ्जिव मानन्धर, सुन्दरप्रसाद कँडेल, निश्चलराज पाण्डे र किरणकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं। चितवनको सौराहमा सम्पन्न नेपाल बैंकर्स संघको साधारणसभाले पाँच जना सदस्य चयन गरेको छ। शनिबार सम्पन्न साधारणसभाले पाँच बैंकका पाँच सिइओलाई सदस्यमा निर्वाचित गरेको हो।

संघको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।

संघमा नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा यथावत छन् भने संघका सदस्य लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्