८ जेष्ठ २०८१, मंगलवार

 

माओ विचार र नेपाली विशेषतासहितको समाजवाद बारे विमर्श कार्यक्रम सम्पन्न

बागलुङ । माओको विचार र नेपाली विशेषतासहितको समाजवाद बारे विचार गोष्ठी सम्पन्न भएको छ । मंगलबार माओ त्से तुङको १३१ औं जन्म जयन्तीको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी धौलागिरि व्यूरोको आयोजनामा बागलुङ बजारको विद्यामन्दिर पुस्तकालयमा गोष्ठी आयोजना गरिएको हो ।

वक्ताहरुले चीनको राजनैतिक इतिहास, माओको विचारधारा, जापान विरोधी मोर्चा, सैन्य रणनीति, वर्ग विश्लेषण, जनवादी कार्यक्रम, लम्बे अभियान, जनगणतन्त्रको स्थापना, समाजवादी अर्थनीति, सोभियत संघसँग गरिएको व्यापार र वाणिज्य संन्धि, सफल भुमिसुधार, आर्थिक वृद्धि, जनताको आधारभुत आवश्यकता पुरा गर्न सुरु गरिएको दिगो विकास योजना, पंचवर्षिय योजना, कोरियाली युद्ध, स्तालिनको रक्षा र ख्रुस्चेभसँगको महाविवाद, नवसंशोधनवादको विरुद्ध संघर्ष, सर्वहारा सांस्कृतिक क्रान्ति, माओ र तेस्रो विश्व र अमेरिकासँगको नयाँ कुटनीतिक संम्बन्ध, चीनमा माओको नेतृत्वमा भएको सफल जनवादी क्रान्तिले नेपालमा पारेको प्रभाव र नेपाली विशेषतासहितको समाजवादको बारेमा विचार विमर्श गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरि व्यूरो ईन्चार्ज विकिरण सी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, समाजवादी अध्ययन केन्द्र, बागलुङका संयोजक मुकेशचन्द्र राजभण्डारी, धौलागिरि बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापा, साहित्यकार प्रेम छोटा, बुद्धिजिवि तिलक रिजालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपाका वैकल्पिक केन्द्रीय सदस्य सुशिला सीले संचालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्