१५ बैशाख २०८१, शनिबार

 

बागलुङ महोत्सवमा उद्योग वाणिज्य संघका पाँच पूर्वअध्यक्ष सम्मानित

बागलुङ । सातौं बागलुङ महोत्सवमा बागलुङ उद्योग वाणिज्य संघका पाँच पूर्वअध्यक्षहरु सम्मानित हुनु भएका छन् ।

बुधबार महोत्सवको उद्घाटन कार्यक्रममा संघका पूर्वअध्यक्षहरु सहदेव राजभण्डारी, ध्रुव गौतम, बसन्त कुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित हुनु भएका हुन् । राष्ट्रपति पौडेलले उहाँहरुलाई सम्मानपत्र प्रदान गर्नु भयो ।

संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारी, ध्रुव गौतम, बसन्त कुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारीले बागलुङ उद्योग वाणिज्य संघको सफल नेतृत्व गर्नु भएको र संघमार्फत चैत्र दशैं मेला र बागलुङ महोत्सव आयोजना गरेर बागलुङको स्थानीय वस्तुहरुको बजारीकरण, पर्यटन प्रवद्र्धन, आर्थिक बजारलाई चलायनमान बनाउन र बागलुङलाई व्यवसायीक गन्तव्यको रुपमा विकास गर्न योगदान गरेकोले सम्मानित गरिएको सातौं बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्