१६ बैशाख २०८१, आईतवार

 

ग्रीन डेभलपमेन्ट बैंकको वित्तीय सारक्षता कार्यक्रम सम्पन्न

बागलुङ । ग्रीन डेभलपमेन्ट बैंक बागलुङ शाखाको वित्तीय सारक्षता कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बागलुङ बजारको आदर्श विद्यामन्दिर माविका कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता संम्बन्धी जानकारी दिएको हो ।

कार्यक्रममा बैंकको महत्व, वचत फाइदा, ऋणको प्रक्रिर्या, रेमिट्यान्स प्रणाली फाइदाहरु, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता, ग्रीन डेभलपमेन्ट बैंक बागलुङ शाखाले प्रदान गर्ने सेवाहरुको बारेमा बैंकका क्षेत्रीय प्रमुख हरि अधिकारीले विद्यार्थीहरुलाई जानकारी दिनु भएको थियो ।

साथै हुण्डीलगाएत अवैध आयातबाट राज्य हुने आर्थिक नोक्सानीको विषयमा विद्यार्थीहरुले गरेको प्रश्नको बारेमा प्रष्ट पारिएको थियो ।

बागलुङ शाखाका प्रमुख हेमराज शर्मा र कर्मचारी निशा थापाले बैकको सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैकिङ सेवाको महत्व प्रष्ट पार्नु भयो ।

पोखरा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकको पाँच जिल्लाबाट १५ वटा शाखा मार्फत सेवाग्राहीहरुलाई सहज बैकिङ सेवा प्रदान गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्