८ जेष्ठ २०८१, मंगलवार

 

नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको स्कुलिङ कार्यक्रम सम्पन्न

 

गलकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर समितिको आयोजनामा स्कुलिङ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट नैतिकता, समाजवादको विकासक्रम र प्रयोगको विषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्र बुढा सागरले राजनीतिक कार्यदिशा, गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले पार्टी संगठन निर्माणको बारेमा र प्रेस सेन्टरका प्रदेश सचिव सुनिल पाण्डेले सूचना, सञ्चार र सामाजिक सञ्जालको प्रयोग र अभ्यासको विषयमा प्रशिक्षण दिनु भएको थियो ।

सो अवसरमा माओवादी केन्द्रको संगठन विस्तार तथा सुदृढीकरण अभियान निरन्तर चलाउने, पार्टीका एजेण्डा तथा वर्तमान सरकारले गरेका सुशासनका विषयमा गरिरहेका जनपक्षिय काम, विकास निर्माण र समृद्विमा खेलेको भूमिकाको बारेमा आम नागरिकहरुलाई जानकारी गराउन नेता कार्यकर्तालाई निर्देशन समेत दिईएको छ ।

स्कुलिङ कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य, प्रदेश समिति सदस्य ,जिल्ला समिति, नगर समिति, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जिल्ला तथा नगरका सल्लाहकार सदस्य, वडा पार्टी पदाधिकारीहरु, जनवर्गीय संगठन र मोर्चाका पदाधिकारी र सदस्य र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका अध्यक्ष चन्द्रदत्त रेग्मीको अध्यक्षता, गलकोट नगर ईन्चार्ज फमलाल निउरेको स्वागत र उपाध्यक्ष गंगा भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्